काठमाडौं । ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका लागि ‘फ्युचर फेसन र डेलिकेट अफ-रोड’को अनुभव दिने नयाँ अवधारणा ‘ओ-युनिभर्स’ सार्वजनिक गर्ने भएको छ।
आउँदो वैशाख १२ गते शुक्रबार (अप्रिल २५) मा आयोजित एक विशेष कार्यक्रममा यो अवधारणा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
‘ओ-युनिभर्स’ ले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिमा आधारित ‘ओ-ल्याब’ र जेइकोको अफ-रोड जीवनशैलीमा केन्द्रित ‘जे-ल्यान्ड’ गरी दुई भिन्न अनुभव प्रदान गर्नेछ।
यी दुवै अनुभवले भविष्यको जीवनशैलीलाई नयाँ ढंगले परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ।




