टर्की । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट भने नआएको अधिकारीहरुले बताएका छन्।
बुधबार बिहान स्थानीय समयानुसार १०ः४६ बजे मालात्या प्रान्तको काले शहर केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
यस क्षेत्रमा सन् २०२३ मा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले टर्की नराम्ररी प्रभावित भएको थियो। त्यो भूकम्पबाट टर्कीमा ५३ हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको थियो। भूकम्पले छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो।
‘हालको ५.९ रेक्टरस्केलको भूकम्पबाट अहिलेसम्म कुनै जनधनको क्षति भएको विवरण आएको छैन,’ एएफएडी विपद् व्यवस्थापन एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ।
भूकम्पबाट एक सय ८७ जना प्रभावित भएका छन्। तीमध्ये ४३ जना अस्पतालमा ‘निगरानीमा’ रहेका अधिकारीहरुले बताएका छन्।




