काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको तीन दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरु गरेको छ ।
नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो । यो क्याम्प वैशाख १० देखि १२ गतेसम्म देशव्यापी रूपमा चल्नेछ । यो सर्भिस क्याम्प काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, वीरगञ्ज र सुर्खेत गरी निसानका देशभरका १६ वटा विभिन्न चेकपोइन्टमा एकैसाथ सञ्चालन भइरहेको छ ।
‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्पु अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेकअप तथा सर्भिसिङ गर्दा सात आकर्षक लाभ तथा सुविधा लिन सक्नेछन् । यी सुविधाअन्तर्गत ग्राहकहरूले टप वास’ निस्शुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन । त्यस्तै ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपुर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । सँगै १५ प्रतिशत छुटमा ‘बडी सप जब्स’ सुविधा लिन सक्नेछन् ।
त्यसैगरी, ल्युब्रिकेन्ट, ‘फिल्टर पार्ट्स’ र ‘ब्रेकप्याड तथा सु’ मा १० प्रतिशत छुटबाट लाभान्वित हुन सक्नेछन् । यो योजना ग्राहकका निसान गाडीहरूको विशेष छुटका साथ चेकअप तथा सर्भिसिङ गर्ने भव्य अवसर हो । क्याम्पअन्तर्गतका सुविधामा केही सर्त भने लागू हुनेछन् ।




