आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आवासीय चिकित्सक पनि उत्रिए सडकमा

आवासीय चिकित्सक पनि उत्रिए सडकमा

सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएका छन् ।

    उनीहरुले आज स्वास्थ्य मन्त्रालयसम्मै पुगेर प्रदर्शन गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

    आन्दोलनरत चिकित्सकका अगुवाहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेका छन् । उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

    निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् । उनीहरू भन्छन्, ‘यो आन्दोलन व्यक्तिगत स्वार्थको लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij