काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा सहभागी हुनु कांग्रेसको बाध्यता भएको तर्क गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले सरकारले जनताको समस्या समाधान गर्नु पर्ने र त्यसो हुन नसके सरकारमा बस्नुको अर्थ नहुने बताए । उनले कांग्रेस कतिपय विषयमा सम्झौता गर्दै सरकारमा बाध्यताका कारण सहभागी भएको बताए ।
‘आज हामी बाध्यताका कारण सरकारमा छौं। सरकारमा हामी मात्र छैनौं, विभिन्न शक्तिहरू छन् । कतिपय विषयमा हामीले सम्झौता गरेका छौं, तर आधारभूत मूल्य र मान्यतामा हामी कहिल्यै सम्झौता गर्नेछैनौं,’ उनले भने, ‘ आवश्यकता परे यस्तो सरकारबाट बाहिरिन पनि तयार छौं। किनभने सरकारमा रहनु नै सबैभन्दा ठूलो कुरा होइन।’
महामन्त्री थापाले समस्याको मात्र चर्चा गरेर नहुने भन्दै समाधानसहितको धारणा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए ।थापाले भागेर समस्याबाट टाढा जान नमिल्ने भनेदै समस्याको सामना गर्न तयार रहनु पर्ने बताए ।




