काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि. ले नयाँ एक्सचेन्ज अफर ‘अपग्रेड टू प्रीमियम’ सार्वजनिक गरेको छ। यो अफर २०८२ बैशाख १७ गतेदेखि २३ गतेसम्म देशभर लागू हुनेछ।
अफरअन्तर्गत, ग्राहकहरूले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो दुईपांग्रे सवारी ल्याएर भेस्पा वा अप्रिलियाको नयाँ, प्रिमियम स्कुटरसँग सटही गर्दा अतिरिक्त रू. १५,००० सम्मको मूल्यांकन प्राप्त गर्न सक्नेछन्। अन्य ब्रान्डमा पनि रू. १२,००० सम्मको बोनस मूल्यांकन प्रदान गरिनेछ।
यसबाहेक, नगद खरिद गर्ने ग्राहकहरूलाई रू. १०,००० को निश्चित छुट दिइनेछ भने हेलमेट, स्कुटर कभर, र फुट म्याट जस्ता उपयोगी एसेसोरीहरू निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।
साथै, यो अफरअन्तर्गत ग्राहकहरूले केवल ४.९९% ब्याजदरबाट सुरु हुने मासिक किस्तामा स्कुटर खरिद गर्न सक्नेछन्, जुन हालको बजारमा सबैभन्दा कम वित्तीय दरमध्ये पर्छ।




