शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

कस्तो छ आजको राशिफल ?

कस्तो छ आजको राशिफल ?

सजिलो पाना
सोमवार, बैशाख १५ २०८२
सजिलो पाना
सोमवार, बैशाख १५ २०८२
  • काठमाडौं। आज २०८२ साल वैशाख १५ गते सोमबार। वैशाख शुक्ल पक्षको प्रतिपदा थिति। 

    मेष : कार्यक्षेत्रमा अधिकारी हरूबाट आश्वासन पाइनेछ। परिस्थिति अनुसार चल्ने प्रयास गर्नुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। नयाँ कार्य थालनी गर्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    वृष : दिन सामान्य राम्रो छ। शेयरमा फाइदा हुनेछ। आजको लगानीले उन्नति हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। शिक्षामा सफलता हात लाग्नेछ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

    मिथुन : आजका लागि तपाईंको दिन राम्रो छ। अग्रजबाट आर्शिवाद लिएर अगाडि बढ्ने योग छ। आम्दानी राम्रो हुनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्दा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धी कमजोर भएकाले काममा कुनै अवरोध हुनेछैन।

    कर्कट : दिन राम्रो छ। मान बढ्नेछ। आफूले आफूलाई चिनेर अगाडि बढ्नु उपयुक्त हुन्छ। लगानी गर्दा परिवारका सदस्यलाई अगाडि बढाउनु राम्रो हुन्छ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। शिक्षामा लगानी नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह : दिन सामान्य छ। अपेक्षा गरे अनुसारको सहयोग प्राप्त नहुने देखिन्छ। योजना सम्पन्न नभएसम्म सार्वजनिक नगर्नु राम्रो हुन्छ। परिवारलाई बुझाउन नसक्दा वादविवाद हुने जोखिम छ। लगानीका क्षेत्रबाट लाभ हुनेछ।

    कन्या : दिन सामान्य छ। आफ्नो फाइदाका लागि अगाडि बढ्नुपर्ने छ। नाफा कमाउने योग छ। परिवारको साथ मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। सामाजिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

    तुला : दिन राम्रो छ। गुरुसँगको भेटले दिन फलदायी बन्नेछ। रोकिएको काम बन्नेछ। स्वास्थ्यमा लाभ र शिक्षामा सफलता मिल्नेछ। परोपकारमा मन जानेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या हुने देखिन्छ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको प्रेमले मनमा उत्साह बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ।

    धनु : दिन निकै राम्रो छ। बौद्धिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले उत्साह बढ्नेछ। आफ्नै लापरवाहीले पुरानो रोग बल्झिने खतरा देखिन्छ। परिवारको विवाद समाधान गर्ने क्षमताको विकास हुनेछ।

    मकर : शिक्षामा राम्रो छ। सञ्चित धन खर्च हुने योग छ। लगानीको क्षेत्र छनोट गर्न सकेमा अवसर धेरै छन्। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको सुझाव लिएर गरेको काम सफल बन्नेछ।

    कुम्भ : सामान्य राम्रो छ। छिटो बोलीले समस्या आइपर्न सक्छ। सोचेर बोल्नु राम्रो हुन्छ। ठुलो लगानी नगर्नु राम्रो होला। शत्रु बढ्नेछन्। परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ।

    मीन : दिन राम्रो छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। फिजुलखर्चदेखि बच्नुहोला। स्वास्थ्यमा सुधार हुनेछ। व्यापार व्यवसायमा नयाँ निर्णय लिनदेखि बच्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij