काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीकोफिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतकोब्रिटिस
कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक श्री महेन्द्रराज कँडेल ज्यू र फिक्कल गाउँपालिकाकी अध्यक्ष श्रीमती पार्वती सुनुवार ज्यूले नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासलाई प्रवद्र्धनको लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख श्री गणेश पौडेल र फिक्कल गाउँपालिकाका उपाध्यक्ष श्री राजु बराल ज्यूको उपस्थितिमा भएको सम्झौताले दुबै संस्थाले स्थानीय उद्यमीहरूका लागि स्टार्टअप इन्क्युबेसन र मार्गदर्शन गर्ने, डिजिटल साक्षरता, ब्यापार, र प्रविधिमा सीप विकास कार्यशालाको आयोजना गर्ने, कृषि प्रविधि, ग्रामीण पर्यटन, र हस्तकला आधारित स्टार्टअपहरूमा सहयोग गर्ने उदेश्य लिएकोछ ।
साथै, स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणालीको प्रवद्र्धन गर्ने, उद्यमशिलतासम्बन्धी नीति निर्माणमा सहयोग गर्ने साथै, ग्रामीण नवप्रवर्तकहरूलाई बजार तथा लगानी पहुँच विस्तार गर्ने योजना रहेको छ ।
सम्झौतापछि प्रतिक्रिया दिँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले भन्नुभयो, यो साझेदारी टीबीसीको ग्रासरुटमा आधारित नवप्रवर्तनप्रतिको प्रतिबद्धता हो। हाम्रो इन्क्युबेसनमा जोडिएका विद्यार्थी तथा ब्यवसायिक संस्थाहरु बीचका विशेषज्ञता प्रयोग गरी फिक्कलका युवा र किसानहरूको उद्यमशिल सम्भावनाकोखोजी र अनुसन्धान गर्दै त्यसलाईबजार र प्रविधिसँग जोडिदिनेकार्यको थालनी हुनेछ ।
त्यस्तै, फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले भन्नुभयो, यो समझदारी हाम्रो समुदायका लागि रूपान्तरणकारी कदम हो। टीबीसीसँगको सहकार्यले रोजगारी सिर्जना, सीप अभिवृद्धि, र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउनेछ ।’
टीबीसी इन्क्यूबेशन सेन्टरका प्रमुख श्री गणेश पौडेल ज्यूले पनि आफूहरु नवप्रवर्तनलाई विकेन्द्रित गर्दै समावेशी आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यमा रहेकोले यो साझेदारी महत्वपूर्ण रहेका ेबताउन ुभयो ।
समझदारी अनुसार, दुबै संस्थाले संयुक्त रूपमा ।।।स्टिरिब कमिटि’ गठन गरी कार्यक्रमहरूको योजना, कार्यान्वयन, र मूल्याब्कनको जिम्मा लिनेछन्। प्रारम्भिक कार्यक्रमहरू साझा स्रोतको प्रयोगबाट सुरु गरिनेछ भने, दीर्घकालीन योजना तथा ठूला परियोजनाहरूका लागि बाह्य लगानी र सीएसआर खोजिनेछ ।




