विराटनगर । प्रधानमन्त्री केपी ओलीले सगरमाथाको नाम सगरमाथा नै उपयुक्त भएको बताएका छन् ।
बिहीबार (वैशाख १८) विराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन उद्घाटन गर्दै उनले माउन्ट एभरेस्ट नाम कसरी रहन गयो भन्नेमा आफूलाई अचम्म लागेको बताए ।
“सगरमाथा चढेका होइनन्, तर पनि किन हो नाम एभरेस्ट रहन गयो । नामहरू दुईवटा हुँदैनन्, एउटै हुन्छ । त्यसैले सगरमाथा नै हो,” उनले भने ।
प्रधानमन्त्री ओलीले नेपालका हिमालहरू पर्यटकीय दृष्टिकोणले अति नै महत्त्वपूर्ण भएको बताए ।
कोशी प्रदेशमा हिमाल अझ धेरै भएकाले प्रशस्तै पर्यटकिय सम्भावना भएको उनले उल्लेख गरे ।




