बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

महानगरपालिकाले थाल्यो ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण

महानगरपालिकाले थाल्यो ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण

सजिलो पाना
आइतवार, माघ १८ २०८२
सजिलो पाना
आइतवार, माघ १८ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु गरेको छ। कार्यक्रमअन्तर्गत आजबाट ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण थालिएको हो।

    महानगरले नर्सिङ कर्मचारीलाई तालिम दिएर स्वास्थ्य परीक्षणका सामग्री, औषधि र सर्वेक्षणका लागि ट्याबलेटसहित घरघरमा पठाउने तयारी गरेको जनाएको छ। शारीरिक अशक्तता, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा नियमित रूपमा स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिनेछ।

    कार्यवाहक प्रमुख सुनिता डंगोलले सेवामा खटिने कर्मचारीले मानवीय संवेदनशीलतासहित काम गर्न आग्रह गरेकी छन्। औषधि व्यवस्थापन, पोषण परामर्शलगायत सेवा प्रदान गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको महानगरको स्वास्थ्य विभागले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij