बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

प्रधानमन्त्री कार्की स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा

सजिलो पाना
बुधवार, माघ २१ २०८२
सजिलो पाना
बुधवार, माघ २१ २०८२
  • काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास सुरु गरेकी छिन् ।

    यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

    केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बीमाबापतको रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए ।

    स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बीमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।

    स्वास्थ्य बीमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij