काठमाडौं । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले २० प्रतिशत डाउनपेमेन्टमै म्याग्नाईट फेसलिफ्ट बिक्री गर्ने स्किम ल्याएको छ ।
राष्ट्र बैंकले ४० प्रतिशत डाउपेमेन्ट अनिबार्य गर्नुपर्ने नियम ल्याएपनि कम्पनीले ग्राहको सुबिधालाई मध्यनजर गरी २० प्रतिशत डानपेमेन्टमै गाडी किन्न पाइने सुबिधा प्रदान गरेको हो ।
नयाँ निसान म्याग्नाईट खरिद गर्दा ग्राहकले ८.०५ प्रतिशत ब्याजदरमा फाइनान्स सुबिधा पाउने जनाइएको छ । कारको सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी ग्राहकहरूले नगद छुट, एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।
नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको निसान म्याग्नाइटको फेसलिफ्ट भर्सन हालै सार्बजनिक गरिएको थियो । नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको ‘हाइ–टेन्साइल स्टिल केज बडी’ र ‘इम्प्याक्ट एब्जर्बिङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ ।
यसमा ६ वटा एयरब्याग (२ अगाडि, २ छेउमा र २ कर्टेन एयरब्याग) उपलब्ध छन्, जुन सबै भेरिएन्टहरूमा स्ट्यान्डर्ड रूपमा समावेश गरिएको छ । साथै, ‘३–पोइन्ट सिटबेल्ट’ र सबै सिटका लागि ‘सिटबेल्ट–रिमाइन्डर’ प्रणालीले उत्कृष्ट सुरक्षा सुनिश्चित गर्छ ।




