दुर्गा प्रसाईंलाई भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरी आज नेपाल ल्याइँदैछ ।
नेपाल प्रहरीको विशेष ब्यूरोले उनलाई नियन्त्रणमा लिएर मेची पुल हुँदै नेपाल भित्र्याउन लागेको हो । परिवारका सदस्य र समर्थक मेची पुलमा उनको प्रतीक्षामा छन् ।
प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सञ्चारगृह, निजी तथा सार्वजनिक संरचनामा तोडफोड र आगजनी, सवारीसाधनमा क्षति, लुटपाटलगायतका घटना भएको थियो ।




