काठमाडौं। नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा सर्जिकल अंकोलोजिस्ट डा. प्रकाशराज न्यौपानेको ६४ वर्षको उमेरमा निधन भएको छ।
पित्त बग्ने नलीमा हुने क्यान्सर (कोलान्जिओ कार्सिनोमा)बाट पीडित रहेका उनको आज बिहान ५:५८ बजे पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।
पछिल्लो एक वर्षदेखि क्यान्सरसँग संघर्षरत रहेका डा. न्यौपाने पछिल्ला एक महिना यता पाटन अस्पतालमै भर्ना भई उपचार गराइरहेका थिए।
डा. न्यौपाने लामो समयदेखि पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला तथा छालासम्बन्धी क्यान्सरहरूको शल्यक्रियामा विशेषज्ञका रूपमा परिचित थिए।



