शनिवार, भाद्र १३ गते २०८३    

शनिवार, भाद्र १३ गते २०८३    

बाढी प्रभावितलाई नाडाको १० लाख सहयोग, अटो शो जारी रहने

बाढी प्रभावितलाई नाडाको १० लाख सहयोग, अटो शो जारी रहने

सजिलो पाना
बिहिवार, भाद्र ११ २०८३
सजिलो पाना
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले भोटेकोशी बाढीबाट प्रभावितहरूलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    नाडाले प्राकृतिक विपद्बाट प्रभावितहरूको उद्धार तथा पुनरुत्थानका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा १० लाख आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो ।

    भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लाहरूमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडाले गहिरो दुःख समेत व्यक्त गरेको छ ।

    साथै, नाडाले सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भई उद्धार र राहत कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन अपिल गरेको छ।

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले यस कठिन घडीमा नाडा सदैव राज्य र नागरिकको साथमा उभिने प्रतिबद्धता दोर्होयाइएका छन् । सरकार, निजी क्षेत्र, व्यवसायी र आम नागरिक सबैको सामूहिक प्रयासबाट मात्र प्रभावित क्षेत्रको उद्धार, राहत र पुनरुत्थानलाई प्रभावकारी बनाउन सकिने नाडाको विश्वास रहेको उनको भनाइ छ ।

    अटो शो जारी रहने

    विपद्को बाबजूद काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ लाई पनि निरन्तर संचालन गरिने नाडाले स्पष्ट पारेको छ।

    कठिन परिस्थितिमा पनि आर्थिक गतिविधिलाई ठप्प नपारी चलायमान राखिराख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै मेलालाई निरन्तरता दिने निर्णय गरिएको नाडाले स्पष्ट पारेको छ।

    मंगलबारदेखि सुरू भएको १८ औं संस्करणको नाडा अटो शो भदौ १४ गतेसम्म संचालन हुनेछ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij