शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

सस्तो मूल्यको नयाँ इलेक्ट्रीक कार ल्याउँदै सुजुकी

सस्तो मूल्यको नयाँ इलेक्ट्रीक कार ल्याउँदै सुजुकी

सजिलो पाना
मंगलवार, भाद्र १६ २०८३
सजिलो पाना
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । मारुती सुजुकीले सस्तो मूल्यको नयाँ इलेक्ट्रीक कार बजारमा ल्याउने भएको छ । कम्पनीले हाल बिक्री गरिरहेको ई-भिटाराभन्दा सानो र किफायती मूल्यको नयाँ ईभी कार बजारमा ल्याउने तयारी गरिरहेको हो ।

    मारुतीले आफ्नो पहिलो विद्युतीय मोडल ई-भिटारा बजारमा ल्याए पनि वद्युतीय कार बजारमा पकड जमाउन सकेको छैन । यसैलाई मध्येनजर गर्दै नयाँ मोडल ल्याउने भएको हो ।

    मारुतीको नयाँ ईभीको डिजाइन तथा प्राविधिक विवरण सार्वजनिक नभए पनि सुजुकीले हालै देखाएको ई-स्काई अवधारणामा बनाउने अपेक्षा गरिएको छ ।

    सुजुकी ई-स्काईको लम्बाइ ३,३९५ एमएम र ह्वीलबेस २,४६० एमएम छ । यसमा २६ किलोवाट आवरको ब्याट्री प्रयोग गरिने छ । जसले एकपटक चार्ज गर्दा अधिकतम करिब ३१० किलोमिटरसम्म रेन्द दिने दाबी गरिएको छ।

    यद्यपि ई-स्काई र भारतका लागि विकास भइरहेको नयाँ मारुती विद्युतीय कारबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छैन।

    कम्पनीले ल्याउने नयाँ विद्युतीय कार १० लाख भारुभन्दा कममै बजारमा आउने बताइएको छ । मारुतीले हाल बजारमा रहेका पेट्रोल वा अन्य इन्धनबाट चल्ने कारलाई ईभी बनाएर नभई पूरै नयाँ मोडलको विद्युतीय कारका रूपमा विकास गरिरहेको हो ।

    कम्पनीले कारको मूल्य प्रतिस्पर्धी बनाउन अधिक मात्रमा स्थानीय सामान र तुलनात्मक रूपमा सानो ब्याट्री प्रयोग गर्ने रणनीति अपनाउने अपेक्षा गरिएको छ। सुजुकीको नयाँ कार मुख्यतः सहरी तथा छोटो दुरीको दैनिक यात्रा गर्नेहरुलाई लक्षित गरिएको छ । यसले टाटाको टियागो ईभीसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

    मारुतीले भने नयाँ कारको ब्याट्री क्षमता, ब्याट्रीको रसायन, विद्युतीय मोटरको शक्ति र चार्जिङ क्षमताबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

    मारुतीको नयाँ सस्तो विद्युतीय कारको बिक्री रणनीति पनि निकै महत्वपूर्ण हुने देखिएको छ । कम्पनीले यसलाई आफ्नो प्रिमियम नेक्सा सञ्जालबाट नभई ठूलो बजारमा फैलिएको एरेना बिक्री सञ्जालमार्फत बिक्री गर्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ।

    कम्पनीले नयाँ विद्युतीय कार भारतमै उत्पादन गरी अनतर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने योजना बनाएको छ । यसबाहेक यसको टोयोटा ब्राण्डअन्तर्गतको संस्करण पनि आउन सक्ने चर्चा छ । तर, अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij