शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

कृष्णभीरमा पहिरो पन्छाउने काम सुरू

कृष्णभीरमा पहिरो पन्छाउने काम सुरू

सजिलो पाना
बिहिवार, भाद्र १८ २०८३
सजिलो पाना
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा पहिरो पन्छाउने कार्य अगाडि बढेको छ । त्रिशूली नदीले भित्तो कटान गर्दा पहिरो झरेर आइतबारदेखि अवरुद्ध सडक खुलाउने काम अघि बढाइएको हो ।

    पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल फेसबुकमा मार्फत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको जानकारी दिएका हुन् ।

    उनका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ । साथै, पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको उनले बताए ।

    रुखको कटान सकिने बित्तिकै उपकरणहरू परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने उनले बताएका छन् । कृष्णभीरमा सडक पूरै नदीमा खसेकाले अहिले सडक भएकोभन्दा माथिल्लो पट्टीबाट नयाँ ट्रयाक खोल्न लागिएको हो ।

    मनत्रालयले यसअघि नै तत्काल अस्थायी रुपमा सडक संचालनमा ल्याउने र दीर्घकालीन रुपमा सुरुङमार्ग वा वैकल्पिक सडक निर्माणको अध्ययन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij