आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

व्यवसाय दर्ता सम्बन्धी सबै काम अनलाइनबाटै गराउन उच्चस्तरीय आयोगको सुझाव

व्यवसाय दर्ता सम्बन्धी सबै काम अनलाइनबाटै गराउन उच्चस्तरीय आयोगको सुझाव

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दर्ता सम्बन्धी सबै प्रक्रिया र आवश्यक कागजात बुझाउने काम अनलाइनबाटै गराउन सरकारलाई सुझाव दिएको छ । 

    व्यवसाय दर्ता गर्दा पुँजीका आधारमा सुरूमै शुल्क लिने प्रणाली व्यवसायमैत्री नभएको भन्दै सबै किसिमका व्यवसाय निःशुल्क दर्ता गर्ने व्यवस्था गर्न पनि सुझाव दिएको हो । 

    ‘फर्म वा कम्पनी दर्ता गर्न अहिले पुँजी घोषणा गर्नु पर्ने कानुनी व्यवस्था छ । पुँजीका आधारमा दर्ता शुल्क बुझाउनु अनिवार्य छ। अर्थात्, पुँजीविहिन तर उद्यम र उत्साह भएको नागरिकले व्यवसाय गर्न सक्दैन वा हुँदैन भन्ने मान्यता कानूनहरूले लिएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘शुरूमै शुल्क लिने प्रणाली व्यवसाय-मैत्री होइन ।

    यस्तै कारणले प्राविधिक ज्ञान र जाँगर भएको युवालाई व्यवसाय प्रारम्भ गर्ने सोच बनाउँदा शुरुमै सरकार प्रति नकारात्मक धारणा बन्न गएको छ ।’

    यस्तै आयोगले एउटा व्यवसाय सञ्चालन गर्न विभिन्न निकायमा दर्ता गर्नुपर्ने झन्झट देखिएको भन्दै सबै किसिमका व्यवसाय, प्राइभेट फर्म, साझेदारी र कम्पनी एकै निकायमा दर्ता गर्ने एकल दर्ता निकाय कायम गर्न सुझाव दिएको छ । यसका लागि हालको कम्पनी रजिष्ट्रारलाई उपयुक्त अन्य कुनै नाम दिएर तोक्न सकिने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij