बुधवार, मंसिर १० गते २०८३    

बुधवार, मंसिर १० गते २०८३    

नेपाल एसबिआई बैंकद्वारा कुपण्डोलस्थित गुरुद्वारामा एटिएम सेवा सञ्चालन, बाल पुस्तकालय स्थापनाका लागि सहयोग

नेपाल एसबिआई बैंकद्वारा कुपण्डोलस्थित गुरुद्वारामा एटिएम सेवा सञ्चालन, बाल पुस्तकालय स्थापनाका लागि सहयोग

सजिलो पाना
मंगलवार, मंसिर ९ २०८३
सजिलो पाना
मंगलवार, मंसिर ९ २०८३
  • काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ललितपुरको कुपण्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम टर्मिनल सञ्चालनमा ल्याएको छ। बैंकले उक्त अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाल पुस्तकालय स्थापनाका लागि आवश्यक सामग्रीसमेत सहयोग गरेको छ।

    बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले नयाँ एटिएम टर्मिनलको उद्घाटन गरेका हुन्। कार्यक्रममा गुरुद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रितम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दलगायत बैंकका उच्च पदाधिकारी तथा गुरुद्वाराका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    श्रद्धालु, स्थानीय बासिन्दा तथा बैंकका ग्राहकलाई सहज र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले एटिएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। नयाँ एटिएम सेवाबाट त्यस क्षेत्रका सेवाग्राहीलाई बैंकिङ कारोबारमा थप सहजता हुने अपेक्षा गरिएको छ।

    यसैगरी, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गुरुद्वारा परिसरमा बाल पुस्तकालय स्थापना गर्न आवश्यक सहयोग सामग्री प्रदान गरेको छ। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत तिवारीले एक कार्यक्रमबीच गुरुद्वारा समितिका अध्यक्ष सिंहलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।

    शिक्षा, सांस्कृतिक सम्पदाको संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबिआई बैंकका हाल देशभर १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij