आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नाडा अटो संवाद २०८१ सम्पन्न

नाडा अटो संवाद २०८१ सम्पन्न

सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएशन (नाडा) द्वारा आयोजित नाडा अटो संवाद २०८१ सम्पन्न भएको छ । संवादले नेपालको अटोमोबाइल क्षेत्रको भविष्यबारे गहन बहस र नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।

    कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए  भने भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, एडीबी नेपालका देश निर्देशकलगायत अटो उद्योगका अन्य विज्ञहरूको पनि उल्लेखनीय उपस्थिति थियो।

    नेपालमा इन्धनबाट विद्युतीय सवारी साधनतर्फको रूपान्तरण, उपभोक्ता प्राथमिकता, र नीति असंगतिका कारण उत्पन्न चुनौतीहरूबारे चर्चा गर्दै लोन टु भ्याल्यु नीति परिवर्तनले अटो क्षेत्रलाई असर पारिरहेको सन्दर्भमा दीर्घकालीन स्थिर नीति आवश्यक रहेको कार्यक्रममा छलफल भएको छ ।

    त्यस्तै, हरित ऊर्जा, विद्युतीय सवारी साधन र स्वदेशी उत्पादन सञ्जालको विकासमार्फत दिगो गतिशीलताले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याउन सक्ने र उत्पादन, आपूर्ति शृंखला र दक्ष जनशक्तिमा लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको छ । 

    कार्यक्रममा स्वचालित सवारी, स्मार्ट मोबिलिटी समाधान र दिगो ऊर्जा प्रविधिको प्रयोगमार्फत नेपालले हरित र आत्मनिर्भर अटो इकोसिस्टम निर्माण गर्न सक्ने सम्भावनाबारे छलफल भएको छ । 

    नाडा अटो संवादले सवारी साधनलाई विलासिता मात्र नभई आर्थिक अवसर र सामाजिक सशक्तिकरणको माध्यमका रूपमा पुनः परिभाषित गरेको छ। दीर्घकालीन र सुसंगत नीति, सहकार्य, तथा नवप्रवर्तनको संयोजनले नेपाललाई हरित र अग्रगामी अटोमोबाइल राष्ट्र बनाउने दिशामा सशक्त पाटो दिन सक्ने सम्भावना उजागर गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij