आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

निःसन्तान दम्पतीहरुको रित्तो काख पूर्ण गर्दै वात्सल्य नेचुरल आईभीएफ

निःसन्तान दम्पतीहरुको रित्तो काख पूर्ण गर्दै वात्सल्य नेचुरल आईभीएफ

सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
सजिलो पाना
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । निः सन्तान नहुनु भनेको धेरै कुरा नहुनु हो, लगभग लगभग जिवन आधा अधुरो नै हुनु हो ।

    सोहि अभावलाई परिपुर्ति गर्ने हिसाबले स्थापना भएको वात्सल्य नेचुरल आइभीएफले पछिल्लो समय धेरै निसन्तान दम्पतीहरुको काँखलाइ पूर्ण गरि दिएको छ ।

    यस संस्था काठमाडौं मात्र केन्द्रित नभई नेपालगंज, भक्तपुर, पोखरा, भरतपुर, ललितपुर र बुटवल गरि नेपालका विभिन्न ठाउँहरुबाट ग्रहाकहरुलाई प्रत्यक्ष रुपमा सेवा दिँदै आइरहेको छ ।

    प्रजनन विशेषज्ञ तथा अनुभवि डाक्टरहरुद्वारा उचित परामर्श र स्वास्थ्य सेवा दिइदैं आएको वात्सल्यले प्रत्येक व्यक्तिको आवश्यकता अनुरूप व्यक्तिगत प्रजनन समस्याहरुको समाधान गर्न १५ वर्षभन्दा बढीको विश्वव्यापी अनुभवलाई अत्याधुनिक प्रविधिसँग जोड्दै आएको छ।

    वात्सल्य नेचुरलले आईभीएफ र आईयूआईको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ ।

    विश्वव्यापी रुपमा आईभीएफको औसत सफलता ३० देखि ६० प्रतिशतको आसपास रहेको तथ्याङ्कहरू पाइएपनि वात्सल्य नेचुरल आईभीएफको औसत सफलता भने झन्डै ७०.८८ प्रतिशत रहेको संस्थाले जानकारि दिएको छ ।

    प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा  एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोहि सेवा दिइरहेको छ ।

    एआरटी टेक्नोलोजीलाई सरल भाषामा बुझ्दा प्रविधिको मध्यमबाट सन्तानप्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिन्छ । यस अन्तर्गत आईयूआई र आईभीएफ प्रविधि अपनाउन सकिन्छ । आईयूआई अन्तर्गत महिलामा कुनै गडबडी नभएमा पुरुषको शुक्रकिटलाई वाश गरेर महिलाको गर्भनलीमा हालिन्छ र त्यो विस्तारै विकसित हुँदै जान्छ ।

    त्यस्तै आईभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट र डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्यरुपमा निषेचन गरिन्छ र त्यसलाई महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ । यसले गर्दा गर्भनली बन्द भएको वा कुनै प्रजनन् अङ्गमा समस्या भएको महिलाले पनि सन्तान पाउन सक्छन् ।

    वात्सल्य नेचुरल आइभीएफ परिवार, एक पटकमा एक परिवारको अभिभावकत्वको सपनालाई वास्तविकतामा परिणत गर्ने कुरामा पुर्ण विश्वास गर्दछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij