आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

माग पूरा नभएसम्म १२ को परीक्षामा संलग्न नहुने शिक्षक महासङ्घको निर्णय

माग पूरा नभएसम्म १२ को परीक्षामा संलग्न नहुने शिक्षक महासङ्घको निर्णय

सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासङ्घले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेको छ ।

    सोमबार साँझ बसेको महासङ्घको बैठकले माग पूरा नभएसम्म परीक्षा सञ्चालन नगर्न केन्द्राध्यक्ष, निरीक्षकलगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको हो ।

    चैत २० गतेबाट शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलन जारी रहेको छ । यसैबीच महासङ्घले विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पनि आन्दोलनमा बोलाएको छ ।

    ‘संस्थागत विद्यालयहरूसमेत बन्द गरिदिई आन्दोलनलाई सघाउन प्याब्सन र एनप्याब्सनलाई अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

    शीघ्रताका साथ शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न महासङ्घले आग्रह गरेको छ ।

    काठमाडौंकेन्द्रित आन्दोलनको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना लगायतका सबै काममा संलग्न नहुन पनि आग्रह गरिएको छ ।

    यसैगरी अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने पावन उद्देश्यबाट गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्न संस्थागत विद्यालयहरूलाई समेत आग्रह गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij