आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

लुम्बिनी विकास बैंकले गर्याे किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

लुम्बिनी विकास बैंकले गर्याे किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
सजिलो पाना
मंगलवार, बैशाख २ २०८२
  • काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका किर्तिमानी पर्वतारोही श्री कामी रिता शेर्पा ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरिएकाे छ । 

    लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले पुरर्याइ सकेका छन् । उक्त कार्यक्रममा पुनः तेश्रो पटक यस बैंकका्े लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले किर्तिमानी पर्वतारोही कामी रिता शेपा लाई हस्तान्तरण गरेका हुन् ।

    किर्तिमानी पर्वतारोही  कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनी आवद्ध छन् । उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफुले ३१औं आरोहण गर्न लागेको जानकारी दिएका छन् । 

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij