आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनआईसी एशिया बैंकले संचालनमा ल्यायो लिलाम बिक्री गर्ने सम्पत्तिबारे सूचना दिने अनलाईन पोर्टल

एनआईसी एशिया बैंकले संचालनमा ल्यायो लिलाम बिक्री गर्ने सम्पत्तिबारे सूचना दिने अनलाईन पोर्टल

सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
सजिलो पाना
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको छ।

    यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको बैंकले जनाएको छ।

    ग्राहकहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरि आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने जनाइएको छ।

    यसरी ग्राहकहरुले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij