आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा

सजिलो पाना
शुक्रवार, बैशाख ५ २०८२
सजिलो पाना
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। राष्ट्र बैंकको गभर्नर नियुक्त हुने पक्का भएपछि भट्टले शुक्रबार राजीनामा दिएका हुन् ।

    भट्टलाई गर्भनर बनाउन कांग्रेस सभापति देउवा सुरुदेखि नै जोड गरिरहेका थिए । बुधबार प्रधानमन्त्री ओलीले भट्टलाई बोलाएर छलफल गरेका थिए । भट्टसँगको छलफलपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा उनको नाममा सहमत भएका थिए ।

    अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट गभर्नरको दौडमा रहेका अन्य ५ जनालाई पछि पार्दै गर्भनर बन्न लागेका हुन् ।

    शुक्रबारनै अर्थमन्त्री बिष्णु पौडेल संयोजक रहेको समितिले भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने र मन्त्रीपरिषद्को बैठकले भट्टलाई गभर्नर नियुक्त गर्ने योजना रहेको बुझिएको छ ।सिफारिस समितिको बैठक आजै बस्ने बताइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij