आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक

सजिलो पाना
बुधवार, बैशाख १० २०८२
सजिलो पाना
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले आज वैशाख १० गते बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

    यो २१ दिने निक्षेप संकलन उपकरणको २०८२ वैशाख ३१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। वर्ष २०८२ सुरु भएपछि बैंकले यो तेस्रो पटक तरलता खिच्न लागेको हो। 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij