काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से ३ अंकले बढेर २६५८.९४ विन्दुमा रोकिएको छ ।
बिहीबार नेप्सेमा कुल ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।




