काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.५ अंक घटेको हो । सो घटाइपछि नेप्से २६४७ अंकमा कायम भएको छ । कारोबार सुरु भएको आठ मिनेटमै बजार २६७६ अंकमा पुगे पनि त्यसपछि बजार निरन्तर ओरालोमा रह्यो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडको भयो । ७८ कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो । समग्र बजार घट्दा पनि फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ ।




