काठमाडौँ । नबिल बैंकले सुन किन्दा १% ब्याजमै लोन दिने भएको छ। बैंकले नबिल ढुक्क सुन खरिद कर्जा योजना कार्यान्वयनमा ल्याएको छ ।
दिनप्रतिदिन सुनको मूल्य नयाँ उचाईमा पुगिरहेको समयमा बैंकले सुन खरिद गर्न इच्छुक ग्राहकहरूका लागि यस्तो योजना ल्याएको हो ।
‘नबिल ढुक्क सुन खरिद कर्जा’ योजनाअन्तर्गत बैंकले सस्तो ब्याजदर, मासिक किस्ता सुविधासहित अधिकतम १० लाख रुपैयाँसम्मको कर्जा सुविधा दिँदै आएको छ । यस योजनामा सुनको निःशुल्क बिमा सुविधा समेत रहेको छ । यस योजनाको मासिक ब्याजदर १ प्रतिशतभन्दा कम रहेको छ ।
सुनको भाउ बढिरहने भएको कारण बैंकले भविष्यलाई लक्षित गर्दै यो योजना ल्याएको जनाएको छ । उक्त योेजनामा सहभागी हुन ग्राहकले सुरुमाा ३० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेछ भने बाँकी ७० प्रतिशत भुक्तानी बैंकले गर्नेछ । यसरी खरिद गरिएको सुन बैंकको लकरमा राखिनेछ र ऋण पूर्ण रूपमा चुक्ता भएपछि मात्रै फिर्ता पाइनेछ ।
४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।




