आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स सेवा सम्झौता

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बीच रेमिट्यान्स सेवा सम्झौता

सजिलो पाना
बिहिवार, बैशाख १८ २०८२
सजिलो पाना
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं ।  विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे  बैंकले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ ।

    माछापुच्छ्रे  बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेत स्थित अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

    बैंकले २०८२ बैशाख ११ गते विहिबारका दिन कुवेत स्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसंग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

    माछापुच्छ्रे  बैंकका अध्यक्ष रोशन केसीको समुपस्थिति सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे  बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेत स्थित अल मुजैनि एक्चेन्ज का महाप्रवन्धक  हुफ फ्रनान्डेजले सम्झौता एकआपसमा हस्तान्तरण गरेका हुन । 

    कुवेत स्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणा पनि उपस्थिति रहेको थियो । कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेत का अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधिहरु, कुवेत स्थित विभिन्न नेपाली संघ संस्था का प्रतिनिधि हरु एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको पनि उपस्थिति रहेको थियो । 

    बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरे पश्चात अव कुवेतमा रहेका नेपालीहरुले कुवेत स्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग  बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । साथै बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ । 

    माछापुच्छ्रे बैंक १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैकिङ्ग  सुबिधा प्रदान गरीरहेको छ । 

     

     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij