आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिप्रदी ट्रेडिङ्ग र ओरियन्टल इन्स्योरेन्सबीच सम्झौता

सिप्रदी ट्रेडिङ्ग र ओरियन्टल इन्स्योरेन्सबीच सम्झौता

सजिलो पाना
बिहिवार, बैशाख १८ २०८२
सजिलो पाना
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं। टाटा मोटर्स नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ ।

    काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरव राज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    कम्पनीका अनुसार, यस सहकार्यबाट टाटा ग्राहकहरूलाई सवारी दुर्घटना भएमा बीमा दावी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ । यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससँग पनि नगद रहित बीमा दावी सम्झौता गरिसकेको छ ।

    कम्पनीको दावी अनुसार, यस सेवाबाट २,५०० भन्दा बढी ग्राहकले छिटो र झन्झटमुक्त दावी प्राप्त गरिसकेका छन् । सिप्रदीले भविष्यमा थप ग्राहकहरूलाई यस्तै सुविधा दिने योजना बनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij