चितवन । नेपालका लागि चाङ्गानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले चितवनबाट निकै रुचाइएको दिपल ईभीहरूको बिक्रीवितरणलाई औपचारिक रूपमा सुरु गरेको छ ।
बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटो मोबाइलका निर्देशक दिलीप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजाइन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल र दिपल ई०७ लाई सार्वजनिक गरेका हुन् ।
दिपल ईभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवनमा चाङ्गानको सफलताको कामना गरे । साथै, उनले चाङ्गान र अन्य ब्रान्डहरूले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।




