आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

केएनपी कारखानाको जापानी राजदूतले गरे अवलोकन

केएनपी कारखानाको जापानी राजदूतले गरे अवलोकन

सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
सजिलो पाना
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौँ । नेपालका लागि जापानका राजदूत महामहिम मेएडा टोरूज्यूले आफ्नो हालैको बीरगंज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रा. लि. को कारखानाको अवलोकन गरेका छन् । 

    उनलाई केएनपी जापान प्रा. लि. का निर्देशक अशोक कुमार बैद्य र कारखानाका प्रबंधक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरु द्वारा स्वागत गरिनुका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो।

    राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रीय संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे। 

    उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। राजदूत मेएडा टोरूज्यूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधान नेपाल सरकारले तदारूकता साथ गर्ने कुरामा आशा व्यक्त गरे ।

    उनले हाल नेपालमा संचालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको संभावना बढ्ने समेत बताए । यस अघि पनि दुई जना जापानी राजदूतहरूको अवलोकन भ्रमण केएनपी जापान प्रा लिमा भएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij