काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको नयाँ प्याकेज घोषणा गरेको छ ।
कम्पनीले २५० एमबीपीएस इन्टरनेट प्याकेज १३ हजार ८०० प्रतिवर्ष, करसहितमा उपलब्ध गराउँदै आएको छ । यस अफरअन्तर्गत दुई हजार ८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल एक हजार डिपोजिट मात्र लाग्ने जनाएको छ । यो प्याकेज छिटो, भरपर्दो र आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकहरूका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
ग्राहकले यस प्याकेजसँगै भायाटीभी मात्र २५० प्रतिमहिना, करसहितमा थप गर्न सक्नेछन् । भायाटीभीमा २०० भन्दा बढी च्यानल, प्रत्यक्ष टीभी रोक्ने र फेरि चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र, सिरिजलगायत मनोरञ्जन सुविधा उपलब्ध छन् । साथै, वार्षिक प्याकेज लिने ग्राहकहरूले पहिलो सेट–टप–बक्सका लागि दुई हजार २६० पर्ने सक्रिय शुल्क नलाग्ने सुविधा पाउनेछन् । सेट–टप–बक्सका लागि केवल एक हजार डिपोजिट मात्र लाग्ने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकलाई थप फाइदा दिन भायानेटले डामी एपसँग पनि सहकार्य गरेको छ । यस अफरअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले एक हजार ५०० बराबरको १ वर्षको डामी एप सदस्यता निःशुल्क पाउन सक्नेछन् । डामी एपमार्फत ग्राहकहरूले रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसललगायत विभिन्न ठाउँमा आकर्षक छुट पाउन सक्नेछन् । यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनका ग्राहकहरूका लागि मात्र लागु हुनेछ ।
भायानेटको उच्च गतिको वाईफाई ६ इन्टरनेट, भायाटीभीको मनोरञ्जन सुविधा र डामी एपको बचत सुविधासँगै ग्राहकहरूले घरमै राम्रो मनोरञ्जन र बाहिर किनमेल तथा सेवामा थप बचतको लाभ लिन सक्नेछन् । भायानेटको यस सिजनको “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै ।” समेत सार्वजनिक गरेको छ ।
यसैबीच, भायाटीभी ग्राहकले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन् ।
फुटबल विश्वकप २०२६ को नेपालमा प्रसारण गर्ने अधिकार हिमालय टीभीसँग रहेको छ । हिमालय टीभीले तोकेको दरअनुसार ग्राहकहरूले रु. ९९९ प्रतिटीभी मा कुपन खरिद गरी भायाटीभीमार्फत हिमालय स्पोर्ट्स च्यानलमा खेलहरू प्रत्यक्ष हेर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे, कनेक्ट आईपीएसलगायतका अनलाइन भुक्तानी एपमा भायानेट खोजेर आफ्नो भायानेट ग्राहक आईडी राखी कुपन खरिद गर्न सक्नेछन् । साथै, भायाटीभीमा हिमालय स्पोर्ट्स च्यानल खोल्दा देखिने क्यूआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिनेछ ।
भुक्तानी पूरा भएपछि ग्राहकहरूले भायाटीभीमा हिमालय स्पोर्ट्स च्यानल खोली, खरिद गरिएको कुपन छानेर च्यानल सक्रिय गर्न सक्नेछन् ।
एउटा कुपन एउटा टीभीमा मात्र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । एकपटक कुनै टीभीमा सक्रिय गरिसकेपछि उक्त कुपन अर्को टीभीमा सार्न मिल्दैन । ग्राहकहरूले नजिकको भायानेट आउटलेटमा गएर पनि कुपन खरिद गर्न सक्नेछन् ।
थप जानकारीका लागि ग्राहकहरूले भायानेटको ग्राहक सेवा नम्बर ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको भायानेट कार्यालयमा जान सक्नेछन् ।




