आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

४७.५८ प्रतिशतले बढ्यो नेपाल टेलिकमको खुद नाफा

४७.५८ प्रतिशतले बढ्यो नेपाल टेलिकमको खुद नाफा

सजिलो पाना
आइतवार, श्रावण ३१ २०८३
सजिलो पाना
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौं । नेपाल टेलिकमकाे आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा खुद मुनाफा ४७.५८ प्रतिशतले वृद्धि भएकाे छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद मुनाफा रु ८ अर्ब ८६ करोड ४६ लाख पुगेको हो ।

    गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा रु ६ अर्ब ७० करोड ६७ लाख रहेको थियो । एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफा रु २ अर्ब ८५ करोड ७९ लाखले बढेको हो ।

    त्यस्तै, कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय रु ३४ अर्ब ९५ करोड ४ लाख पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको रु ३३ अर्ब ८९ करोड ४५ लाखको तुलनामा रु १ अर्ब ५ करोड ५९ लाख अर्थात् ३.१२ प्रतिशत बढी हो ।

    कम्पनीको कुल आय रु ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल आय रु ३८ अर्ब १८ करोड ८१ लाख रहेको थियो । यस आधारमा कुल आय रु १ अर्ब १ करोड १५ लाख अर्थात् २.६५ प्रतिशतले बढेको हो ।

    करअघिको नाफा ३४.६६ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमको करअघिको मुनाफामा पनि उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा रु ९ अर्ब ८५ करोड २ लाख रहेको थियो । यस वर्ष करअघिको मुनाफा रु ३ अर्ब ४१ करोड ४५ लाख अर्थात् ३४.६६ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

    कम्पनीको EBITDA रु २० अर्ब ४८ करोड १ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो रु १८ अर्ब ४९ करोड ६० लाख रहेको थियो । EBITDA रु १ अर्ब ९८ करोड ४१ लाख अर्थात् १०.७३ प्रतिशतले वृद्धि भएको हो ।

    कम्पनीको वार्षिकीकृत प्रति शेयर आम्दानी (EPS) रु ४९.२५ रहेको छ ।

    ब्याज आम्दानी घट्दा पनि राजस्व वृद्धि

    कम्पनीका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण ब्याज आम्दानीमा कमी आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी करिब रु ८६ करोड १९ लाख अर्थात् २२.८८ प्रतिशतले घटेको छ ।

    यद्यपि, GSM सेवातर्फको राजस्व बढ्दा कम्पनीको समग्र सञ्चालन आय वृद्धि भएको हो । GSM तर्फको राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ६४ करोड ५४ लाख अर्थात् २.२८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

    नेपाल टेलिकमले राष्ट्रको सञ्चार सेवाका रूपमा विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिइरहेको जनाएको छ । यस्ता क्षेत्रमा लागत बढी र प्रतिफल कम भए पनि नागरिकलाई सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले सेवा विस्तार गरिरहेको बताएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij