शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

दसैंअघि नयाँ नोटको झन्झट हट्यो, नियमित काउन्टरबाटै साट्न पाइने

दसैंअघि नयाँ नोटको झन्झट हट्यो, नियमित काउन्टरबाटै साट्न पाइने

सजिलो पाना
बिहिवार, आश्विन १५ २०८३
सजिलो पाना
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंका लागि छुट्टै मिति तोकेर नयाँ तथा खुद्रा नोट वितरण नगर्ने भएको छ। अब नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध गराइनेछ।

    राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार विगतमा दसैंअघि विशेष रूपमा नोट सटही गर्ने अभ्यासलाई यस वर्षदेखि परिवर्तन गरिएको हो। राष्ट्र बैंकसँग पर्याप्त नोट मौज्दात रहेकाले मागअनुसार नयाँ नोट उपलब्ध गराइने र नयाँ नोटले माग नधान्दा सुकिला चलनचल्तीका नोटसमेत वितरण गरिनेछ।

    बैंक तथा वित्तीय संस्थाले समेत राष्ट्र बैंकबाट पर्याप्त नयाँ तथा खुद्रा नोट लगिसकेको र ग्राहकलाई वितरण गरिरहेको जनाएको छ।

    हाल राष्ट्र बैंकमा व्यक्तिगत प्रयोजनका लागि अधिकतम दुई बन्डलसम्म नोट साट्न पाइने व्यवस्था छ। एक बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका १००–१०० थान नोट रहनेछन्।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij