काठमाडौं। सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन् ।
आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको तयारी गरिएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पुनः गृहमन्त्री नियुक्त गर्न लागेका हुन् । यसअघि २६ दिनमै राजीनामा दिएका गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएपछि उनलाई पुनः जिम्मेवारी दिने निर्णय भएको बताइएको छ ।




