आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

फिफा विश्वकप २०२६ को सह-प्रायोजक बन्यो नेपाल लाइफ, हिमालय स्पोर्ट्ससँग सहकार्य

फिफा विश्वकप २०२६ को सह-प्रायोजक बन्यो नेपाल लाइफ, हिमालय स्पोर्ट्ससँग सहकार्य

सजिलो पाना
बिहिवार, आषाढ ४ २०८३
सजिलो पाना
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालय स्पोर्ट्सबीच फिफा विश्वकप २०२६ को नेपालमा प्रसारणका लागि सह-प्रायोजक (Co-Sponsor) को रूपमा  सहकार्य गरेको छ।

    यस सहकार्यअन्तर्गत नेपाल लाइफले फिफा विश्वकप २०२६ को राष्ट्रिय प्रसारणमा हिमालय स्पोर्ट्स टिभी र डिजिटल माध्यम ‘DIGO App’ मार्फत सहभागी रहनेछ।

    यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भने, “विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं। विश्वभरका अर्बौं दर्शकहरूको आकर्षणको केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउँछ ।

    यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो। यस सहकार्यले नेपाली दर्शकहरूमाझ विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउनका साथै नेपाल लाइफको ब्राण्डलाई देशभरका खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास लिएका छौं।”

    यस सहकार्यले नेपाली खेलकुदप्रेमीहरूलाई घरमै बसेर उच्च गुणस्तरमा विश्वकपको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गर्ने र नेपाल लाइफको देशभरिको पहुँचलाई खेलकुदको माध्यमबाट झनै प्रगाढ बनाउने विश्वास दुवै संस्थाले लिएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij