मंगलवार, भाद्र २ गते २०८३    

मंगलवार, भाद्र २ गते २०८३    

डिशहोम र तुषाल मल्टिभेन्युबीच सम्झौता, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट पाइने

डिशहोम र तुषाल मल्टिभेन्युबीच सम्झौता, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट पाइने

सजिलो पाना
बुधवार, आषाढ १७ २०८३
सजिलो पाना
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच डिशहोमका ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष लाइफस्टाइल, फिटनेस तथा वेलनेस सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

    डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत भएको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य, वेलनेस तथा मनोरञ्जनसँग सम्बन्धित सेवामा आकर्षक छुट प्रदान गर्ने कम्पनीले जनाएको छ।

    सम्झौताअनुसार डिशहोमसँग आबद्ध ग्राहक, कर्मचारी, अधिकृत डिलर तथा सेवा साझेदारले तुषाल मल्टिभेन्युमा विभिन्न सेवामा विशेष छुट पाउनेछन्। जसअनुसार साउना, स्टिम र जाकुजी सेवामा ५० प्रतिशत, नयाँ जिम सदस्यतामा २० प्रतिशत, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत तथा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ।

    छुट प्राप्त गर्न ग्राहकले myDishHome एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडीमार्फत लगइन गर्नुपर्नेछ। त्यसपछि होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको Virtual Privilege Card देखाएर सम्बन्धित सेवा केन्द्रमा सहज रूपमा छुट लिन सकिने कम्पनीले जनाएको छ।

    सम्झौतापत्रमा तुषाल मल्टिभेन्युका आईटी हेड राजकुमार श्रेष्ठ र डिशहोमका सिनियर कर्पोरेट हस्पिटालिटी अकाउन्ट म्यानेजर देवराज श्रेष्ठ ले हस्ताक्षर गरेका हुन्।

    डिशहोमका अनुसार भर्चुअल प्रिभिलेज कार्ड कम्पनीको ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने दीर्घकालीन योजनाको हिस्सा हो। यस कार्यक्रममार्फत कम्पनीले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन तथा खुद्रा क्षेत्रका विभिन्न साझेदारसँग सहकार्य गर्दै ग्राहकलाई विशेष छुट र प्रिमियम सेवा उपलब्ध गराउँदै आएको छ।

    कम्पनीले आगामी दिनमा साझेदार संस्थाको दायरा अझ विस्तार गर्दै ग्राहकका लागि थप विशेष सुविधा र जीवनशैलीसम्बन्धी लाभहरू उपलब्ध गराउने जनाएको छ।

    दुवै संस्थाले यस सहकार्यले ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउनुका साथै वेलनेस प्रवर्द्धन, ग्राहककेन्द्रित सेवा र दीर्घकालीन रणनीतिक सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij