सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण सुरु गर्ने

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण सुरु गर्ने

सजिलो पाना
बुधवार, आषाढ १७ २०८३
सजिलो पाना
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३ मा वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण (Financial Consumer Satisfaction Survey 2083) सुरु गर्ने भएको छ।

    राष्ट्र बैंकले ७७ वटै जिल्लामा रहेका स्थानीय तहलाई समेट्दै र्यान्डम स्याम्पलिङ विधिमार्फत करिब १० हजार ४०५ जना नमुना उत्तरदाताबाट तथ्यांक संकलन गर्ने जनाएको छ।

    सर्वेक्षणमार्फत बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, ग्राहक सुरक्षा, गुनासो व्यवस्थापन तथा समग्र वित्तीय सेवासम्बन्धी धारणा र अनुभव मूल्यांकन गरिनेछ।

    यसबाट प्राप्त निष्कर्षले वित्तीय उपभोक्ता संरक्षण तथा वित्तीय सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम र नियामकीय व्यवस्था सुधार गर्न सहयोग पुग्ने राष्ट्र बैंकले जनाएको छ।

    सर्वेक्षणमा सहभागी हुने व्यक्तिहरूले आफ्ना अनुभव र सुझाव स्वतन्त्र रूपमा राख्न सक्नेछन्। संकलित विवरण तथा जानकारी गोप्य राखिने र केवल समष्टिगत विश्लेषणका लागि मात्र प्रयोग गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    राष्ट्र बैंकले सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरोकारवाला निकाय तथा आम नागरिकसँग सहकार्यको आह्वान समेत गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij