सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

एभरेस्ट बैंकको कारोबार एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत सुरु

एभरेस्ट बैंकको कारोबार एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत सुरु

सजिलो पाना
सोमवार, आषाढ २२ २०८३
सजिलो पाना
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । नेपालको अग्रणी कमर्सियल बैंकमध्येको एक एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरेको छ । बैंकले माइग्रेसन नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्वीचमार्फत कार्डको कारोबार सुरु गरेको हो ।

    योसँगै भिसा कार्डको सम्पूर्ण इस्युइङ, अक्वायरिङ तथा कारोबारको प्रोसेसिङ एवं राउटिङ एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत हुनेछ ।

    साथै, बैंकले अब नेपालपे कार्ड पनि इस्यु तथा अक्वायर गर्नेछ, जसले गर्दा बैंकको नेसनल कार्ड स्कीममा सहभागिता सबल हुनुका साथै देशव्यापी रूपमा एटीएम, पीओएस र मर्चेन्टका डिजिटल च्यानलमा नेसनल कार्ड स्कीमको स्वीकार्यता बढाउन सहयोग पुगेको बैंकले जनाएको छ ।

    नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्डबीच सहकार्य भएको हुँदा बैंकको कार्डको डोमेस्टिक तथा अन्र्तराष्ट्रिय  स्वीकार्यताको क्षमता पनि थप विस्तार भएको छ ।

    बैंकका निम्ति पुरानो कार्ड स्वीचबाट एनसीएचएलको ईएफटी स्वीचमा सफलतापूर्वक स्थानान्तरण गर्नु एक महत्त्वपूर्ण रणनीतिक कदम रहेको बैंकको दाबी छ । यसले बैंकलाई कार्डसम्बन्धी कार्य सञ्चालन गर्न सहज बनाउनुका साथै सञ्चालनगत स्थायित्व कायम गर्ने, कुशलता वृद्धि गर्ने, सुरक्षा सुढृढ बनाउने तथा लागत अप्टिमाइजेसन गर्नेलगायत सुविधा प्रदान गर्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij