सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित सीमापार भुक्तानी सेवा सुरु

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित सीमापार भुक्तानी सेवा सुरु

सजिलो पाना
सोमवार, आषाढ २२ २०८३
सजिलो पाना
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । सानिमा बैंक लिमिटेडले स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँगको सहकार्यमा भारतीय रुपैयाँको सीमापार भुक्तानीका लागि अत्याधुनिक एपीआई आधारित भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। 

    यससँगै सानिमा बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग एपीआई कनेक्टिभिटी स्थापना गरी सीमापार भुक्तानी सेवा सुरु गर्ने नेपालको पहिलो बैंक बनेको छ।

    बैंकका अनुसार नयाँ प्रणाली लागू भएसँगै परम्परागत म्यानुअल तथा ब्याचमा आधारित भुक्तानी प्रक्रियाको स्थान पूर्ण रूपमा स्वचालित तथा वास्तविक समय (रियल–टाइम) मा हुने भुक्तानी प्रणालीले लिनेछ। यसले सीमापार भुक्तानीलाई थप छिटो, सुरक्षित र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

    सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीच आगामी दिनमा अमेरिकी डलरमा हुने सीमापार भुक्तानीका लागि पनि एपीआईमार्फत सेवा विस्तार गर्ने समझदारी भएको जनाइएको छ। यसले अन्तर्राष्ट्रिय बैंकिङ सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    यस अवसरमा सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत (सीएफओ) निरज ढकालले एपीआईमा आधारित भुक्तानी प्रणालीले सीमापार बैंकिङ सेवालाई थप नवीन, सरल, छिटो र भरपर्दो बनाउने बताए। उनका अनुसार यसले नेपाल–भारतबीचको वित्तीय कारोबारलाई सहज, सुरक्षित र प्रभावकारी बनाउँदै ग्राहकको सेवा अनुभवमा उल्लेखनीय सुधार ल्याउनेछ।

    त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका हेड अफ फाइनान्सियल इन्स्टिच्युसन्स राजकमल बस्नेतले यो साझेदारीले स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीमापार बैंकिङ विशेषज्ञता र सानिमा बैंकको प्रविधिमैत्री भुक्तानी प्रणालीलाई एकीकृत गरेको बताए। 

    उनका अनुसार नयाँ प्रणालीले अन्तर्राष्ट्रिय भुक्तानीको समय र लागत घटाउने, पारदर्शिता बढाउने तथा सुरक्षा, दक्षता र नियामकीय अनुपालनलाई थप सुदृढ बनाउनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij