आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आज विश्वकप क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

आज विश्वकप क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

सजिलो पाना
बिहिवार, आषाढ २५ २०८३
सजिलो पाना
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत आज राति हुने क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुँदैछन्। बोस्टनमा हुने खेल नेपाली समयअनुसार राति १ः४५ बजे सुरु हुनेछ।

    लगातार तेस्रो विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १–० ले हराएको थियो। कप्तान किलियन एम्बाप्पे उत्कृष्ट लयमा छन्।

    यता मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। चोटका कारण प्रमुख आक्रमणकारी इस्माइल सैबारीको खेल्ने सम्भावना अनिश्चित रहे पनि अच्राफ हाकिमी र ब्राहिम दियाजबाट टोलीले ठूलो अपेक्षा गरेको छ।

    यस खेलको विजेताले सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij