काठमाडौं। रोयल इनफिल्डले क्लासिक ३५० को नयाँ ‘गोर्खा एडिसन’ नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ्सले यसको बिक्री ५ लाख ९९ हजार रुपैयाँको सुरुआती मूल्यमा थालेको हो।
गोर्खा एडिसनमा ओलिभ ग्रीन कलर, विशेष ग्राफिक्स र क्रस्ड खुकुरी मोटिफ दिइएको छ। नियमित क्लासिक ३५० कै ३४९ सीसी इन्जिन प्रयोग भएको यस मोटरसाइकलले २०.२ बीएचपी पावर र २७ एनएम टर्क उत्पादन गर्छ।
५-स्पीड गियरबक्स रहेको मोटरसाइकलमा सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायर स्पोक ह्वील, क्रोम एग्जस्ट र राउण्ड मिररलगायतका फिचर छन्।




