शुक्रवार, भाद्र ५ गते २०८३    

शुक्रवार, भाद्र ५ गते २०८३    

नाडाको स्वर्ण जयन्ती वर्षमा १८औँ अटो शो, ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदै

नाडाको स्वर्ण जयन्ती वर्षमा १८औँ अटो शो, ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदै

सजिलो पाना
शुक्रवार, भाद्र ५ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

    करिब ३ लाख वर्गफिट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहनेछन्। अटो शोमा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी र १३ वटा दुईपाङ्ग्रे ब्रान्डको सहभागिता रहनेछ।

    त्यस्तै, पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणका करिब ७० कम्पनीसँगै १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी पनि सहभागी हुनेछन्।

    नाडाका अनुसार नेपालमा हालसम्म करिब ५५ लाख सवारीसाधन दर्ता भएका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात हुँदा राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको छ।

    विद्युतीय सवारीतर्फ पनि नेपालमा उल्लेख्य विस्तार भएको छ। हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिसकेका छन् भने तिनका लागि करिब २ हजार चार्जिङ स्टेसन निर्माण भइसकेका छन्।

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करण केवल संस्थाको उत्सव नभई नेपाली अटोमोबाइल उद्योगको पाँच दशकको योगदानको प्रतिबिम्ब भएको बताए। अटोमोबाइल क्षेत्रले रोजगारी, राजस्व, हरित प्रविधि र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij