शनिवार, भाद्र १३ गते २०८३    

शनिवार, भाद्र १३ गते २०८३    

नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै

नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै

सजिलो पाना
बुधवार, भाद्र १० २०८३
सजिलो पाना
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको नामी भिगो ई२ ले सार्वजनिक भएको छोटो समयमै नेपाली उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया र उच्च माग प्राप्त गर्न सफल भएको छ । 

    आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण फुल साइज एसयूभी भिगो ई२ प्रति उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेकोमा ग्राहकप्रति एमएडब्लू वृद्धि मोटर्सका आभार व्यक्त गरेको छ । 

    यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसमा रहेका लोकप्रिय फिचरहरूलाई निरन्तरता दिँदै थप परिष्कृत गर्दै मुनरुफ हटाएर आएको भिगो ई२ ले आफ्नो सेग्मेन्टमा थप आकर्षण सिर्जना गर्न सफल भयो ।

    सीमित अवधिका लागि ल्याइएको विशेष अफर र नयाँ मोडलले ग्राहकलाई भिगो ई२ खरिदका लागि थप आकर्षित गरेको देखियो । जसले चाडपर्वमा बिक्री गर्न सकिने संख्याभन्दा धेरै बुकिङ ६ दिनमै प्राप्त भएकाे एमएडब्लू वृद्धि मोटर्सले जनाएकाे छ ।

    छोटो समयमै प्राप्त अत्यधिक माग तथा रेकर्ड बुकिङका लागि सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै, रु. २ लाखको विशेष अफर समाप्त भएको र अब गाडीको मूल्य रु. ३७,९९,००० कायम भएको जानकारी गराइएको छ । 

    स्किम सकिएको विषयमा एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त भन्छन्, "सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफरलाई उच्च मागका कारण नाडा अटो शो २०२६को पहिलो दिनमै समाप्त गर्नुपर्‍यो ।"

    उनले नेपाली उपभोक्ताको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार नयाँ तथा थप प्रतिस्पर्धी उत्पादनहरू उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाए । 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij