शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

एकैदिन ७ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन ७ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
बिहिवार, भाद्र १८ २०८३
सजिलो पाना
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।यसअनुसार एकदिनमा सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको हो । 

    यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १ सय ४५ रुपैयाँले बढेको हो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij