शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग

सजिलो पाना
बिहिवार, भाद्र १८ २०८३
सजिलो पाना
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ नगद रकम प्रदान गरेको छ।

    कम्पनीको भदौ १६ गते अपराह्न बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिदिने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई कम्पनीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको छ।

    त्यसैगरी कम्पनीमा कार्यरत कर्मचारीहरुले आफ्नो एक दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सामूहिक रुपमा जम्मा रकम रु. ११ लाख नगद रकम योगदान निर्णय गरेको छ।

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै कम्पनीले संकटको घडीमा सधैँ साथ रहने वाचासहित उक्त रकम प्रदान गरेको छ।

    रसुवामा आएको भोटेकोशी बाढीले भोग्नु परेको यस कठिन परिस्थितिको सामना गरिरहेको यस दुखदको समयमा कम्पनीको यो सहयोग मात्र नभई दुःखमा परेका प्ररिवारहरुप्रतिको साथ र सहानुभूतिको सानो प्रयास मात्र हो । कम्पनीले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रलाई पर्ने विभिन्न संकट, प्राकृतिक विपद तथा महामारीको घडीमा अग्रपंत्तिमा रहेर सहयोग गर्दै आइरहेको जनाएको छ।

    यसका साथै बाढी प्रभावित परिवारहरुको सुरक्षित उद्धार र घरबासविहीन परिवारको पुनर्स्थापना यथाशक्य चाँडो गरिनु आजको आवश्यकता हो र यस दुःखद् घडीमा परि ज्यान गुमाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij