शनिवार, भाद्र २० गते २०८३    

शनिवार, भाद्र २० गते २०८३    

सानिमा बैंकको सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव

सानिमा बैंकको सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव

सजिलो पाना
शुक्रवार, भाद्र १९ २०८३
सजिलो पाना
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । सानिमा बैंकले आफ्ना साधारण सेयरधनीहरूलाई वितरण गर्ने लाभांश दरमा वृद्धि गरेको छ । गत आर्थिक २०८२/८३ को नाफाबाट साधारण सेयरधनीहरूका लागि चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ । गत वर्ष ७.३६८५ प्रतिशत मात्र थियो ।

    अग्राधिकार सेयरधनीहरूका लागि वार्षिक ८.२५ प्रतिशत नगद लाभांश (बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको समानुपातिक रूपमा) प्रस्ताव गरिएको छ । 

    चालु आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद नाफा ३८.०१ प्रतिशतले वृद्धि भई ३.५५ अर्ब रुपैयाँ पुगेको छ । नाफामा भएको यो आकर्षक वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि गत वर्षको सोही अवधिको १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ ।

    बैंकको इक्विटीमा प्रतिफल (आरओई) अघिल्लो वर्षको सोही अवधिको ११.७० प्रतिशतको तुलनामा सुधार भई १४.३९ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर कुल वितरणयोग्य नाफा पनि गत वर्षको १५.४८ रुपैयाँबाट बढेर  २०.८६ रुपैयाँ कायम भएको छ ।

    यससँगै, बैंकको व्यवसाय विस्तार पनि आक्रामक देखिएको छ । बैंकको खुद कर्जा तथा सापटी प्रवाह ११.१९ प्रतिशतले वृद्धि भई २०३.९९ अर्ब रुपैयाँ पुगेको छ । कुल निक्षेप संकलनमा १०.८४ प्रतिशतको वृद्धि दर्ता गर्दै २४९.९३ अर्ब रुपैयाँ पुर्‍याउन बैंक सफल भएको छ ।

    बैंकको कर्जाको गुणस्तरमा सुधार आउँदा निष्क्रिय कर्जा घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर २.८७ प्रतिशत कायम भएको छ । 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij