काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्यमा पनि तोलामा ४० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।




